भारतले असोज ६ गतेबाट सुरु गरेको नाकाबन्दीपछि नेपालमा खाद्यवस्तुको अभाव मात्रै नभई, मूल्यमा व्यापक वृद्धि र कालोबजारीसमेत सुरु भएको । नाकाबन्दी अघि र हालको मुल्यमा कतिपय खाद्यवस्तुमा दुईगुणाले वृद्धि भएको छ भने कतिपय सामान बजारमा पाउनै छाडेको छ । नाकाबन्दी अघि अर्थात् भदौ महिनाको अन्त्यसम्ममा आम मानिसले प्रयोग गर्ने २५ किलोको जिरा मसिना चामलको उपभोक्ता मूल्य १ हजार ५ सय थियो । तर अहिले त्यही जिरा मसिना चामललाई उपभोक्ताले प्रतिबोरा १ हजार ६ सय ५० देखि १ हजार ८ सय रुपैयाँसम्म तिर्न बाध्य छन् । त्यसैगरी उसिनेको सोना मन्सुली चामलको उपभोक्ता मूल्य पहिले १ हजार २ सय ७५ रहेकामा अहिले १ हजार ५ सय पुगेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment