काठमाडौं । नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले केहि दिन अगाडी आफ्नो फेसबुक पेजमा मेरो घरमा नाकाबन्दीको यस्तो प्रभाव भनेर दाउरा बालेर श्रीमतिले खाना पकाइरहेको फोटो पोष्ट गरेपछि अनेक टिका टिप्पणी सुन्नमा आएका छन् | झट्ट हेर्दा पत्यार पनि लाग्दैन !
तर कुरा सहि नै रहेछ | पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीका अनुसार पौडेलको भान्सामा ग्याँस सकिएको २ साता भन्दा बढि भएको छ । अधिकारीका अनुसार कार्यबहाक सभपाति पौडेलले नाकाबन्दीले सर्वसाधारण जनताले सास्ती बेहोर्नु परिरहेका बेला आफूले किन पदको दुरुपयोग गर्नेभन्दै दाउरामा खाना पकाउन आफ्नी पत्नीलाई आग्रह गरेका थिए ।
"रेगुलर जे थियो त्यो सकियो | अब बजारमा सहज रुपमा किन्न पाईदैन | ल्याउने भनेको भनसुन गरेर नै हो |" अधिकारीले भने, "रामचन्द्र पौडेलले त्यसो नगरौं भन्नुभयो |"
पौडेलले ग्यासका लागि शक्तीको दुरुपयोग नगर्न निर्देशन दिएको अधिकारीले बताए । ‘अहिले मुलुक संकटमा छ । राष्ट्रिय संकटको बेला सबै मिलेर जानुपर्छ । पहिला जनताको मर्का बुझ्नु पर्छ’, पौडेलको भनाइ उदृत गर्दै सहयोगी अधिकारीले भने ‘जुनदिन जनताले पनि सहज रुपमा पाउछन त्यही दिन हामी पनि ल्याउला अहिले दाउरामा पकाउदा केहि हुदैन ।’
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment