साउदी अरब : साउदी अरबमा ७० हजार नेपालीसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएको खुलासा भएको छ ।
उनीहरूले अहिलेसम्म हस्तलिखित राहदानी प्रयोग गर्दै आएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आर्इकाओ) प्रावधानअनुसार गत सोमबारदेखि विश्वभरि हस्तलिखित राहदानी मान्य नहुने भएपछि साउदी अरबमा रहेका ७० हजार नेपाली समस्यामा पर्ने भएका छन् ।
झन्डै पाँच लाखको हारहारीमा नेपाली रहेको साउदी अरबमा करिब ७० हजार नेपालीसँग मेसिन रिडेबल पासपोर्ट राहदानी नभएको साउदीमा अरबमा रहेको नेपाली दूतावासले जनाएको छ । हस्तलिखित राहदानी भएकाहमा प्रवेशाज्ञा दिने, म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्नेलगायत समस्या हुनेछ।
दूतावासले एमआरपी बनाउन पटक–पटक सूचना जारी गरे पनि नेपालीले त्यसतर्फ चासो नदिँदा उनीहरू एमआरपीविहीन बेनेको कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले बताए। अहिले पनि एमआरपीका लागि दूतावासमा दैनिक सयदेखि डेढ सय र दमाममा प्रत्येक साता पाँच सय जनासम्मको आवेदन परेको छ । एमआरपी बनाउन सम्भव नभएका र आकस्मिक समस्याका कारण स्वदेश जानुपर्नेले यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाइने शर्माले जानकारी दिए।
रासस
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment