English Edition

मिसेस् टप अफ द वल्र्डमा रजनी लाइ उपाधि

टर्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म सम्पन्न ‘मिसेस् टप अफ द वल्र्ड २०१५’ प्रतियोगितामा नेपालकातर्फबाट सहभागिभएकी रजनी थापाले फोर्थ रनर अपको उपाधिजित्न सफलभएकी छिन् । उनी प्रतियोगितामा मिसेस् डायमण्ड टप अफ द वल्र्डको अवार्ड पनिजित्न सफलभएकी छिन् ।ई प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस्् नेपालप्रतियोगिताकी विजेता रजनीथापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको यो चौथो अवसर हो ।यो सहित रजनीले चारवटै प्रतियोगितामा कुनै न कुनै उपाधि पाइन । यस अघि रजनीले ‘मिसेस्ग्लोब २०१३’ मा नेपालको तर्फबाट सहभागिताजनाएकीउनले ‘मिसेस् फिलेन्थ्रोपी’विधाको अवार्ड जित्न सफलभएकी थिइन् । यसै गरी मिसेस् युनिभर्स २०१४ मा ब्युटिफुल लेडीको अवार्ड जितेकी रजनीले मिसेस् ग्लोब २०१४मा लिडर अफ द इयरको अवार्ड जित्न सफलभएकी हुन् । ई प्लानेटको संयोजन र सहकार्यमामिसेस् टप अफ द वल्र्डमा सहभागिभएकी रजनी सन् २०१३ देखि सामाजिक संस्था रक्षा नेपालका सद्भावनादूत समेत रहेकी छिन् ।

दुई दर्जन भन्दा बढी विवाहित सुन्दरीहरुको सहभागिता रहेको मिसेस् टप अफ द वल्र्ड २०१५को उपाथिभने बुल्गेरियाकीगालेना डिमोभाले चुमेकी छिन् । यसैगरी फस्ट रनर अपतर्फ कोलम्बीयाकीमाल्का डेनेभिस, अजरवैजानकी तेहेरानाबाह्रुजी सेकेन्ड रनर अपतथा साइबेरियाकी नस्तास्जा आभ्याजोभा थर्ड रनर अपविजेता चयन भएकाथिए ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment