म्याग्दी ताकम–८ सिवाङका ७२ बर्षीय कुल बहादुर छन्त्यालले यसपटक आफ्नै खाताबाट बृद्धभत्ता निकाले । कुलबहादुरसंगै सोही गाउँकी ७३ बर्षीया शुसिला गुरूङ र ७२ बर्षका अमर भण्डारीले समेत खाताबाट रकम निकाले । विगतमा सदरमुकाम बेनी वा गाविस सचिवको भर पनुपर्ने बृद्धबृद्धाले गाउँमै बैंकबाट चाहेको बेलामा रकम निकाल्न पाएपछि दङ्ग बनेका छन् ।
ग्लोवल आईएमई बैंकले पश्चिम म्याग्दीका दुर्गम गाविसका बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई लक्षित गरी बैकिङ सेवाको पहुँचमा पु¥याउन शाखारहित बैकिङ सेवा विस्तार गरेपछि ताकम,मुना,मुदी,लुलाङ,गुर्जा गाविसका बासिन्दालाई सहज भएको छ । ब्यापारी, शिक्षक, विद्यार्थी, बृद्धबृद्धा देखि बैदेशिक रोजगारमा विदेश पुगेकाले पठाएको रकम समेत सहज निकाल्न सक्ने सुविधा भएपछि लामो यात्रा गरेर दरबाङ तथा सदरमुकाम बेनी आउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment