English Edition

मधेश आन्दोलनसँग नाकाबन्दीलाई नजोड्न बाबुरामको आग्रह

९ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै 'नयाँ शक्ति निर्माण अभियान उद्घाटन कार्यक्रम' सोमबार सम्पन्न भएको छ। काठमाडौंको चावहिलमा आइतबार सुरु भएको कार्यक्रममा बृहत अन्तरक्रिया पछि उक्त प्रस्ताव पारित गरिएको हो। पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईको अग्रसरतामा सम्पन्न कार्यक्रमबाट पारित प्रस्तावमा मधेश लगायत विभिन्न स्थानमा भइरहेका विभिन्न आन्दोलन सम्बोधन गर्न सरकारसँग माग गरिएको छ।
भारतले गरेको नाकाबन्दीको विरोध गर्दै कुटनीतिक ढंगले समाधान गर्न प्रस्तावमा आग्रह गरिएको छ।  साथै मधेश आन्दोलन र भारतीय नाकाबन्दीलाई जोडेर हेर्न नहुने निष्कर्ष अभियानले निकालेको छ।
हेर्नुहोस्, नयाँ शक्ति निर्माण अभियानको नौ बुँदे प्रस्तावको पूर्णपाठ:
१) नयाँ शक्ति निर्माण अभियान, जनयुद्ध, जनआन्दोलन विगत तथा वर्तमान मधेश, थरुहट/थारुवान आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा बेपत्ता योद्धाप्रति सम्मान प्रकट गर्दछ। साथै आन्दोलनका क्रममा घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क स्वास्थ्य उपचारको जोडदार माग गर्दछ।
२) सय दिन भन्दा लामो अवधिदेखि देशमा मधेश, थरुहट/थारुवान/मगरात/लिम्बुवान एवं अन्य आदिवासी जनजाति आन्दोलन जारी छ। यस किसिमको आन्दोलनबाट देशमा इन्धन, औषधी, खाधान्न लगायतका अत्यावश्यक वस्तुहरुको अभाव तथा आवागमनमा कठिनाई भई सम्पूर्ण देशको सामाजिक, आर्थिक स्थिति अत्यन्त खस्कि“दो अवस्थामा छ। देशको यो विषम परिस्थितिमा पनि देशको आफ्नो आन्तरिक समस्या समाधानमा सरकार उदासिन भई आन्दोलनकारीहरुस“ग सार्थक वार्ता नगर्नुबाट सरकारको लापरवाही र निकम्मापन पनि प्रष्ट भएको छ। देशमा जारी यो आन्दोलनलाई दमनद्वारा समाधान खोज्नु सर्वथा गलत हुने हुदा नया“ शक्ति अभियान मधेश, थारुवान/थरुहट/मगरात/लिम्बुवान लगायतको आन्दोलनलाई शीघ्र सार्थक वार्ता गरी निकास दिन सरकारसँग जोडदार माग गर्दछ।
३) संविधान जारी भएलगत्तै छिमेकी मुलुक भारतको अघोषित नाकावन्दीले पेट्रोलियम पदार्थ लगायतका दैनिक आवश्यकताका सामग्रीहरुको अभावका कारण जनताको जीवन अत्यन्त कष्टकर वन्दै गएको छ भने देशको आर्थिक अवस्था जर्जर वनेको छ। सरकार यही नाकावन्दीलाई बहाना बनाएर देशभित्रका आन्दोलनलाई बदनाम गर्न अहोरात्र लागि परेको छ भने अर्कोतर्फ यसै बहानामा सत्ताधारीहरु मण्डले राष्ट्रवादको आवरणमा देशभित्र निरंकुशता लाद्ने आधार तयार गर्दैछ। साथै आफ्नो कुटनैतिक र राजनैतिक असफलतालाई ढाक–छोप गर्दै सत्तालाई लुट खसोटको साधन वनाउन तल्लिन वनेको छ। नया“ शक्ति अभियान सो नाकावन्दीको विरोध र भर्त्सना गर्दछ। परन्तु भारतीय अघोषित नाकाबन्दी र मधेस आन्दोलनलाई एकै ठाउ“मा छासमिस गर्नलाई हामी गलत ठान्दछौ“। मधेस, थारुवान/थरुहट आन्दोलन आन्तरिक विषय भएकाले वार्ताद्वारा निकास दिनुपर्दछ भने नाकाबन्दीको विषय राजनीतिक/कुटनीतिक तवरले हल गर्नु पर्दछ।
४) इन्धन, औषधी, खाधान्न जस्ता अत्यावश्यक वस्तुहरुको अभाव भएको मौका छोप्दै यो विषम परिस्थितिबीच पनि देशमा भ्रष्टचार, कालोबजारी र कमिसनतन्त्र तीब्र गतिमा मौलाउनुले देशको अधपतनलाई स्पष्ट गर्दछ। अतः यो नया“ शक्ति निर्माण अभियान कमिसनखोर, भ्रष्टाचारी र कालाबजारियाहरुमाथि कडा भन्दा कडा कारबाही गर्न सरकारस“ग जोडदार माग गर्दछ।
५) महाविनाशकारी भूकम्पका कारणले जर्जर वनेको अर्थतन्त्र पुनःनिर्माणको व्यग्र प्रतिक्षामा छ। भुकम्प पीडित लाखौं घरवारविहिन जनता नाङ्गो आकाशमुनी कष्टकर जीवन व्यतित गर्न वाध्य छन् तर सरकार र सत्ताधारी पार्टीहरु भागवण्डा र सत्तालिप्साको फोहरी खेलमा चुर्लुम्म डुवेका छन्। नया“ शक्ति अभियान भूकम्प पीडित जनताको तत्काल बसोबास र खानपिनको यथोचित वन्दोवस्त गर्दै जर्जर अर्थतन्त्र उठाउने दिशामा लाग्न जोडदार माग गर्दछ।
६) देशका आम नागरिकका छोराछोरीका पहु“च भन्दा टाढा पारिएको शैक्षिक प्रणालीबाट उत्पन्न परिस्थितिप्रति गम्भीर बन्दै स्वास्थ्य क्षेत्र लगायत विभिन्न प्राविधिक एवम् अन्य शिक्षामा भएको व्यापारीकरण र एकाधिकारको भर्त्सना गर्दै सर्वसुलभ बैज्ञानिक शिक्षामा जोड दिन्छ। यस सिलसिलामा विगतमा प्रस्तुत कयौं महत्वपूर्ण प्रतिवदेनहरुको यथाशीघ्र कार्यान्वयनमा नया“ शक्ति अभियान जोड दिन्छ।
७) महिलाहरूमाथिको भेदभाव अहिले पनि देशमा कायम छ, नया“ शक्ति निर्माण अभियान दलित उत्पीडित सबै क्षेत्रमा भएका भेदभावहरू अन्त गर्न कृत–संकल्पित छ। खासगरी देशमा एकल महिलाको पहिचानलाई सुनिश्चित गर्ने सरल विधि व्यवहारमा निश्चित गर्न, महिलाको प्रजनन कामलाई सामाजिक कामसरह मूल्यांकन गरी विशेष व्यवस्था गर्न र महिलाको समानुपातिक र समावेशी प्रतिनिधित्व व्यवहारमा सुनिश्चित गर्न राज्यस“ग जोडदार माग गर्दछ।
८) ठूलो संख्यामा रहेका अस्थायी/आंशिक/ज्यालादारी मजदुर, शिक्षक एवं प्राध्यापकहरुको अवस्था देशमा अत्यन्त गम्भीर र जटील रहेकाले यो उद्घाटन अभियान सम्पूर्ण आंशिक/अस्थायी/ज्यालादारी मजदुर, शिक्षक एवं प्राध्यापकहरुलाई स्थायी गर्न जोडदार माग गर्दछ। यस सन्दर्भमा सरकार आफैंले गरेका समझदारी, प्रतिवद्धता र सर्बोच्च अदालतले गरेका पूर्व–निर्णयहरुको कार्यान्वयनका लागि जोडदार माग गर्दछ।
९) एकाधिकारवादी ढङ्गले खुल्ला बजारलाई छुट दिनुको परिणाम आज देशका कृषकहरु एकातिर नक्कली बिउविजनबाट ठगिएको अवस्था छ भने अर्कोतिर हिउ“दे खेती रोप्ने यो समयमा मल, बिऊविजन लगायतका वस्तुहरुको अभावमा तड्पिनु परिरहेको छ। यसप्रकारको कहालीलाग्दो अवस्थाबीच राज्यले कुनै राहत–सुविधा कृषकहरुलाई प्रदान गर्न नसक्नुले कृषकहरु थप मारमा परिरहेका छन्। यो नया“ शक्ति निर्माण अभियान सरकारको किसानविरोधी नीतिको विरोध गर्दै कृषकहरुलाई सर्वसुलभ ढङ्गले मल, बिऊविजन उपलब्ध गराउन सरकारस“ग जोडदार माग गर्दछ।
२०७२ मंसिर ७
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment