English Edition

म नामका लागि होइन कामका लागि प्रधानमन्त्री बनेको हुँ - ओली

पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नामका लागिभन्दा पनि कामका लागि प्रधानमन्त्री बनेको बताएका छन् ।

पाँचथरको रविमा बुधबार १६औँ राष्ट्रिय विभूति तथा फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा सालिक अनावरण गर्दै उनले आफू प्रधानमन्त्री नामका लागिभन्दा पनि कामका लागि बनेको बताए ।

उनले भारतले गरेको नाकाबन्दीलाई अवसरका रुपमा लिई चाँडै समस्या समाधान गर्ने बताए । प्रधानमन्त्री ओलीले आगामी वर्षभित्र देशलाई विद्युत्भार कटौतीमुक्त देश बनाई छोड्ने घोषणा गर्दै भने–अर्को वर्षभित्र नेपालीले दीपावलीमा अन्धकारमा बस्न पर्ने छैन ।’

जिल्लाको राँके–रवि–६ नम्बर बुधबारे र दमक–चिसापानी–रवि सडकखण्डको स्तरोन्नति दुरत गतिमा गर्ने, विद्युतीकरण र पर्यटन विकासका निम्ति आफूले सक्दो प्रयास गर्ने उनले बताए ।यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीको दिन आगामी वर्षदेखि प्रत्येक वर्ष सार्वजनिक बिदा दिनेसमेत घोषणा गरे ।

यस्तै पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्बाङले हिमाल, पहाड, मधेस सबै पक्षलाई समेट्ने गरी संविधान आएको बताउँदै अब देश समृद्धि र विकासले फड्को मार्नुपर्ने बताए।कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेल, कांग्रेस नेता भीष्मराज आङ्देम्बेलगायत नेता कार्यकर्ताको सहभागिता थियो । रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment