काठमाडौं : एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय आत्मनिर्भरताको जगमा राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताएका छन् । देशलाई आत्मनिर्भर नबनाएकै कारण वर्तमान समस्या भोगीरहनु परेको उनको भनाई छ ।
भोजपुर–काठमाडौं सम्पर्क मञ्चले सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको सम्मान र तिहारको अवसरमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान समस्याको कारण मूर्दावाद र ‘लम्पसरवाद’ भएको जिकिर गरे । उनले विगतमा कोहीले भारत बिरोधी मूर्दावादका नारा मात्रै लगाएको र कोही भने भारतसँग लम्पसर परेर दलाली गरेको बताए । उनले भने, ‘कसैले उत्तेजित भए मूर्दावादका नारा मात्रै सिकाए, कोही दलाली गरेर लम्पसार परे तर हामीले आत्मनिर्भर हुनेतिर ध्यान दिएनौं, यही कारण अहिलेको समस्या आएको हो ।’
महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताए । यदि वर्तमान संकटबाट पाठ सिकेर आत्मनिर्भरताको बाटोमा देशलाई नलगे भोलीको पुस्ताले पनि फेरि उस्तै संकट भोग्नु पर्ने बताए ।
युवालाई जिम्मेवारी दिए परितर्वन सम्भव भन्ने सन्देश दिन चहान्छु : सञ्चार मन्त्री राई
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान नेपालको संकट समधान गर्न सरकार सक्षम रहेको बताए । विगतमा नेपालले ठुला–ठुला द्धन्द्धहरुको व्याबस्थापन गरेको उल्लेख गर्दैं हालको समस्या समधान यो सरकारले गर्ने बताए । उनले भारतलाई सरकारले अबरोध हटाउन औपचारिक आग्रह गरिसकेको भन्दैं अबरोध चाडैं हट्ने बताए ।
मन्त्री राईले आफूले वर्तमान सरकारमा युवाको प्रतिनिधित्व गरेको भन्दैं केही नयाँ काम गरेर देखाउने बताए । आफूले केही गर्न सके युवाहरु सक्षम छन् भन्ने सन्देश जाने उल्लेख गर्दैं विना स्वार्थ र आग्रह देश र जनताको पक्षमा काम गर्ने चाहना रहेको स्पष्ट पारे । उनले भने,‘ युवालाई जिम्मेवारी दिए परितर्वन सम्भव भन्ने सन्देश दिन चहान्छु ।’
कार्यक्रममा सम्पर्क मञ्चले मन्त्री राईलाई सम्मान गरे । मञ्चका अध्यक्ष पारुहाङ राईले भोजपुरले देशको राष्ट्रपति र सञ्चारमन्त्री पाएको भन्दै गर्व गरे । उनले भोजपुर बिकास निर्माणको हिसाबले पछि परेको भन्दैं अब बिकास निर्माणले तिब्रता पाउने विश्वास व्यक्त गरे ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment