English Edition

एनआरएन अमेरिका लाग्यो अघोषित नाकाबन्दी खोल्न, ज्ञापन पत्र वान्किमुनलाई, नाका बिरूद्ध बिभिन्न कार्यक्रमहरू तयार !

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नोभेम्वर ८ मा संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको कन्फ्रेन्श कल बैठकले अध्यक्ष पौडेलकै संयोजकत्वमा वनाइएका कार्यक्रमहरूले सशक्त रूपमा संयुक्त राष्ट्रसंघ लगायत ईन्डियन मिसनहरू र अन्तर्राष्ट्रीय संवन्धित निकायहरूलाई भरखरै केहि महिना अगाडि नेपालमा गएको महा-भुकम्पले क्षत विक्षत भएको भुपरिवेष्ठित सानों र गरिव मुलुकमा बर्षौ पछि वन्दै गरेको संविधान रोक्न नसके पछि अघोषित नाका रोक्नुको कारण संसार सामु उजागर गर्दै ज्ञापन पत्र दिने निर्णय गर्यो ।               त्यस्तै उक्त वैठकले  विगत लामो समय देखि भारतले नेपाल प्रति गर्दै आएको हेपाहा प्रविधिका विरूद्ध यही नोभेम्वर १७ तारीख़का दिन ठीक १२ वजे देखि ३ बजे सम्ममा संयुक्त राष्ट्रसंघमा ज्ञापन पत्र बुझाउन भेला भइदिनहुन  सम्पूर्ण संघ संस्था र संघ संस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण अप्रवासी लगायत नेपाल र नेपालीलाई माया गर्ने सबैलाई  अनुरोध गरिएको छ । त्यस्तै एनआरएन अमेरीका आगामी नोभेम्बर २३ तारिकमा डि सी एरीयामा आयोजना गरीने सर्व पक्षिय विरोध कार्यक्रम भव्यताका साथ सफलबनाउन सम्पुर्ण जनसमुदायलाई हार्दिक बिनंम्र अनुरोध गरेको छ । 
त्यसरीनै उक्त कार्यक्रम  १६ तारिख ११ बजे गर्ने भनिएको कार्यक्रमका दिन समय नपाई १७ तारिख १२ बजे देखि ३ बजे सम्म मात्रै सम्बन्धित निकायबाट गर्ने आदेश पाईएकोले उक्त कार्यक्रम सारिएको सम्पूर्ण नेपाल र नेपाली प्रति माया गर्ने राष्ट्रवादी शक्ति तथा सम्पूर्ण नेपाली महानुभावहरूसँग एनआरएन अमेरिकाले यहाँहरूलाई हुन् गएको असुविधा प्रति क्षमा याचना पनि मागेके छ  । उक्त "नेपालीका लागि नेपाली भन्ने" कार्यक्रमका लागि सम्पूर्ण प्रतिनिधि मूलक संघ संस्थाहरू साथै विभिन्न तह र तप्का संग  आवश्यक सर सल्लाह लिई पेस गरिने ज्ञापन पत्र सुनवाई नभएमा अर्को कार्यक्रममा  विस्तृत छलफल गरी सशक्त कार्यक्रम ल्याउने पनि  एनआरएन अमेरिकाले निर्णय गरिएको छ।                                                             
बैठकले अमेरिकामा गैर आवाशीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन चाँडो भन्दा चाँडो अगुवा समाजसेवी र बिद्धत वर्गसँग , सल्लाह गरि साझा तथा  संगठन एनआरएनले अघोषित नाका नखुले सम्म सम्पूर्ण राष्ट्रवादि शक्तिलाई एकै स्थानमा उभ्याएर अगाडि वढने पनि निर्णय गरेको छ । 
यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल सँग  समेत सर सल्लाह गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परिक्षण अभियानको समिक्षा गर्दै मातृभूमि पुनर्निर्माणको अभियानमा अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसंग हातेमालो गरेको एनआरएनले पुन: अघोषित नाकावन्दवाट आम नेपालीले भोगेको दुखमा संसारका एनआरएनका प्रतिनिधिहरू  दशैंको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजना भएको एनआरएनको विश्व शिखर सम्मेलनलमा  आफैं सरिक भएर दुखको महसूस गरेका छन् । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्पबाट प्रभावित नेपाली अमेरिकनको हितमा संचालित टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) हस्ताक्षर अभियानमा सहयोग पुर्याउने संघ संस्थालाई धन्यबाद ज्ञापन गर्दै हाल नेपाल र नेपालीलाई छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाका बिरूद्ध पनि त्यसरीनै यहाँहरू सबैको माझमा रहि सत्यको पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको छ ।                                                           
सर्बज्ञ वाग्ले                                                     
मिडिया कोर्डिनेटर ।    
एनआरएन अमेरीका ।
द नेपाल टूडे डट क्म बाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment