English Edition

पेट्रोलियम पदार्थको विक्रि वितरणमा ठगी गर्ने पेट्रोलपम्पहरु सिलवन्दी

देशका बिभिन्न भागमा पेट्रोलियम पदार्थको विक्रि वितरणमा ठगी गर्ने पेट्रोलपम्पहरु सिल गरिएको छ । पेट्रोलियम पदार्थको कालोबजारी र ठगीमा संलग्न रहेको भन्दै पेट्रोलपम्पमा सिलवन्दी गरिएको हो । भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भैरहेको बेला पेट्रोल तथा डिजलमा कालोबजारी बढिरहेको सर्व साधारणबाट व्यापक गुनासो आएपछि जिल्ला अनुगमन समिति बाँकेले बुधबार पेट्रोलपम्पहरुको अनुगमन गर्ने क्रममा परस्पुरमा रहेको हरि ऊँ आयल स्टोरलाई सिल गरेको हो । अनुगमनका क्रममा उक्त आयल स्टोरबाट १० लिटर डिजल भरेकोमा त्यसमा ८० एम एल डिजल कमी रहेको भन्दै सिल गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ । पेट्रोलियम पदार्थ अभावसंगै जिल्लामा ब्यापक कालोबजारी बढिरहेको र पेट्रोलपम्पहरुले नै उपभोक्तालाई ठगी गर्ने गरेको जनगुनासो गरेपछि जिल्ला अनुगमन समिति बाँकेले अनुगमनलाई तिब्रता दिएको हो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment