English Edition

पूर्वप्रधानमन्त्री माधव नेपालको घरमा तोडफोड

रौतहट/ पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।
गौर नगरपालिका वडा नं ३ मा रहेको नेता नेपालको घरमा शुक्रबार दिउँसो मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गर्दा  घरको प्रवेश द्वार र झ्याल ढोकाका शिशा फुटेका छन् ।

मुख्य सडक किनारमै रहेको नेता नेपालको घरमा नाराजुलुससहित पुगेका मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

आन्दोलन गर्दै सडकमा उत्रिएका मोर्चाका कार्यकर्ता माधव नेपालको घर छेउ पुगेपछि घर तोडफोडमा सहभागी भएका थिए । 

रौतहटको बिपी चोकबाट निस्केको जुलुस भन्सार तर्फ जाने क्रममा माधव नेपालको घर अगाडी पुग्नासाथ तोडफोडमा संलग्न भएको हो ।

घर तोडफोड गर्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले नेता नेपाल विरुद्ध नाराबाजी समेत गरेका छन् । मोर्चाका कार्यकर्ताले नेता नेपालको घरमा ढुंगा र इँटाले प्रहार गरेका थिए ।

घरका अधिकांश झ्यालका सिसा फुटेका छन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment