English Edition

मधेशी मोर्चाको विरोधका कारण काँग्रेस धनुषाको ¥याली स्थगित

मधेशमा जारी आन्दोलनको समर्थन गर्दै जनकपुरमा नेपाली काँग्रेसले गर्न लागेको दबाव ¥याली मधेशी केन्द्रित दलहरुको कडा विरोधपछि स्थगित गरिएको छ । कालो झण्डा मुनि ¥याली सहित अन्य कार्यक्रम गरे स्वागत गर्ने भन्दै मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ताले आफ्नो पार्टीको झण्डा बोकेर कार्यक्रम गरे विरोध गर्ने चेतावनी दिएका थिए । 
चेतावनीका बावजुद कांग्रेसले पार्टीकै झण्डा लिएर जुलुस निकाल्ने अन्तिम समयमा आएर मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरुले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई हातपात गरेपछि झडप भएको थियो । झडप पछि स्थानीय प्रशासनको समेत दबाव आएपछि कार्यक्रम स्थगित गरेको हो । पार्टीको निर्णय अनुसार सोमबार बिहान साढे ११ बजे जनकपुर स्थित गोपभल धर्मशालाबाट दबाब ¥याली निकाल्ने कार्यक्रम थियो । सांकेतिक रुपमा केही काँग्रेसको झण्डा र बढीमात्रामा कालो झण्डा लिएर काँग्रेसले जुलुस निकाल्ने तयारी गरेपछि संयुक्त लोकतान्त्रिक मोर्चा, संघीय समावेसी मधेसी गठबन्धन, मधेस क्रान्ति संघर्ष समिति, संयुक्त युवा संघर्ष समिति लगायतका कार्यकर्ता प्रतिवाद गर्न लाठी जुलुस निकाल्ने घोषणा गरेको थियो । उक्त तनावबाट जोगिन काँग्रेसले एक बजे पार्टी कार्यालयबाट जुलुस निकाल्ने निर्णय ग¥यो । तर, उक्त क्षेत्रलाई पनि चारैतिरबाट आन्दोलनकारीहरुले लाठी सहित घेराउ गरेपछि स्थानीय प्रशासन समेतको दबावमा काँग्रेसले अन्तिम समयमा जुलुुसको कार्यक्रम फिर्ता लिएको हो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment