English Edition

पुनःनिर्माणबारे एनआरएनद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसँग छलफल

२२ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीलाई भेट गरी पुनःनिर्माण योजनाबारे छलफल गरेका छन् ।

भूकम्प प्रभावितहरुलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली संघले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित गत आइतबार सरकारी अधिकारीलाई भेट गरेको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकाश अधिकारी र शहरी विकास विभागका प्रतिनिधिहरुसँग एनआरएन टोलीले सामूहिक छलफल गरेको गैरआवासीय नेपाली संघकी प्रवक्ता रञ्जु थापाले जानकारी दिइन् ।

संघ अध्यक्ष घलेले दुई बर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शहरी विकाश तथा भवन निर्माण बिभागसँग सम्झौता भइसकेको जानकारी दिँदै सिन्धुपाल्चोकमा सरकारी कार्यविधिअनुसार कहाँ र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीसँग सुझाव मागेका थिए ।
सरकारले सिफारिस गरेको ठाउँमा मात्र गैरआवासीय नेपाली संघले पुनःनिर्माण अभियान थाल्ने भएकाले अति बिपन्न र एकै ठाउँमा धेरै घरधुरी भएको गाउँ एनआरएनलाई जिम्मा दिन उनको आग्रह थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुनःनिर्माण गर्ने संघको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गरे । ‘धेरै संघसंस्थाहरु सजिलो र सुगम ठाउँमै काम गर्न खोज्छन्, तर गैरआवासीय नेपाली संघले अति बिपन्न परिवार रहेका दुर्गम गाउँमा पुगेर पुनःनिर्माणको काम गरोस् भन्ने हाम्रो चाहना छ’ निमित्त प्रजिअ आचार्यले भने-सकेसम्म सिंगो गाविस वा वडालाई नै लिएर नमुना वस्ती बनाइदिनुभयो भने अरुलाई पनि मोडल बन्ने छ ।’

सो अबसरमा स्थानीय विकाश अधिकारी कृष्णबहादुर शाहीले संघले थालेको पुनःनिर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने बताए । छलफल कार्यक्रममा शहरी विकाश तथा भवन निर्माण बिभागका कार्यालय प्रमुख टंक गौतमको पनि उपस्थीति थियो ।

संघले ३५ करोड रुपैयाँको लागतमा भूकम्प प्रभावित जिल्लाहरुमा १ हजार घर निर्माण गर्ने योजना बनाएको छ । सोही बमोजिम संघ र शहरी विकाश विभागवीच गत अक्टुवर ११ तारिखमा सम्झौता भएको थियो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment