परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भारतीय नाकाबन्दीका कारण नेपालमा परेको असर पारे माथिल्लो सदनमा सांसदहरुले धारणा राखेपछि नाका खुलाउन मोद िसरकारलाइृ आन्तरिक दवाव बढेको बताउनुभएको छ । यसकै परिणाम स्वरुप विदेशमन्त्री सुष्मा स्वराजले ईश्वरले चाहे केही दिनमै खुल्ने धारणा राख्नुभएको श्रेष्ठको बुझाई छ । नाकाबन्दी अन्तराष्ट्रिय कानुन विपरितको कार्य भएकोले भारतले यसवारे प्रतिरक्षा गर्ने उसको कुनै तर्क नभएको भन्दै उहाँले मोदीले वास्तविकता बुझेर छिटै सिमानाका सुचारु गर्नुपर्नेमा जोड दिनुभयो । भारतीय ब्ववहारले नेपाल र नेपालीलाई आत्मनिर्भर बन्न ठूलो पाठ सिकाएकोले अव दीर्घकालीन सोचका साथ स्वावलम्बन बन्ने वाटोतर्फ अघि बढ्न ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment