महँगा मोबाइल बोक्नु अहिले फेसन मात्र होइन व्यक्तित्वका लागि अनिवार्य समेत भैसकेको छ । तर महँगा मोबाइल हराउँने वा चोरी हुने घट्नामा पनि वृद्धि भएपछि धेरैको लागि टाउको दुखाइ बन्ने गरेको छ । त्यसरी मोबाइल हराउँदा एकातिर महँगा मोबाइल गुमेको चिन्ता त छँदैछ अर्कोतर्फ त्यसमा रहेका महत्वपूर्ण नम्बर र डकुमेन्टस्हरु पनि गुमाउँनुपर्दा धेरैको लागि समस्याको विषय समेत बन्ने गरेको छ । तर अब त्यसरी हराएका वा चोरी भएका मोबाइल प्रहरीले खोजिदिने भएको छ ।हराएका तथा चोरी भएका मोबाइलहरु खोजतलास गर्न इलाका प्रहरी कार्यालय इटहरीले छुट्टै सेल गठन गरी अभियान संञ्चालन गरेको छ । संम्भवत पूर्व क्षेत्रमा पहिलो पटक चोरी तथा हराएका मोबाइल सेटहरुको खोजी गर्ने अभियान इटहरी प्रहरीले शुरु गरेको हो । अपराध तथा अनुसन्धानमा निकै अनुभवी रहनुभएका इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारी अहिले मोबाइल सेटको खोजी अनुसन्धानमा नौलो तरिका प्रयोग गरि चोरी या हराएका मोबाइल सेट पत्ता लगाउने अभियानमा लाग्नुभएको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment