English Edition

तरकारी खेतीबाट उदाहरण बने पर्वतका एक ७० बर्षीय वृद्ध

काम गर्ने ईच्छा भएमा उमेरले छेक्दैन भन्ने उदाहरण पर्वतका एक ७० वर्षीय बृद्धले देखाएका छन् । पर्वतको देविस्थान गाविस–७ का देवी प्रसाद भुसाल ‘बर्मेली बा’ले आफ्नै घर वरिपरीको खाली जग्गाको उपयोग गरेर वार्षिक ७ लाखसम्म कमाई गर्न सफल भएका छन् । लामो समयसम्म कृषि पेशामा आवद्ध भएका भुसालले आफ्नो घरको आँगन तथा पिँढीमा समेत तरकारी खेती गरेर मनग्य कमाई गर्न सफल भएपछि उनी गाउँमा नै नमुना व्यक्ति बनेका छन् । उनले काउली, बन्दा, गाजर, मूला, रायो लगायतका तरकारीहरु आफ्नो बारीमा लगाउने गरेका छन् । शुरुका वर्षहरुमा खासै कमाई नभएपनि तरकारी उत्पादन गर्न सकेमा विक्रि वितरणका लागि कुनै समस्या नभएपछि व्यावसायिक रुपमा नै खेती गर्न हाैिसएको उनको भनाई छ । बृद्धको यस्तो उत्साह देखेपछि उनलाई प्राविधिक रुपमा जिल्ला कृषि विकास कार्यालयले समेत सहयोग गर्दै आएको छ । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment