साउन ३१ गतेदेखि तराई मधेसमा सुरु भएको आन्दोलनको निकास निकाल्न ठूला दल र सरकार हिजो पहिलोपटक केही गम्भीर देखिए । लगातारको आन्दोलनले जनजीवन कष्टकर भइसक्दा समेत समाधानका लागि ठोस पहल नगरेको भन्दै आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपक्षीय वार्ताको आह्वान गरेर दूरी घटाउन पहल थाल्नुभएको हो ।
नयाँ संविधानमा असन्तुष्टि राख्दै मध्य वर्षामा सुरु भएको आन्दोलन मध्य जाडोसम्म आइपुग्दा बल्लबल्ल शीर्ष तहमा छलफल सुरु भएको हो । वार्ता र छलफल नै हुन नसकेका बेला सोमबार भएको सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ताले आमनागरिकलाई आशावादी बनाएको छ । मधेसको मागप्रति अनुदार भनेर आलोचित प्रधानमन्त्री ओलीले आन्दोलनका कारण देशले धेरै दुःख पाइसकेकाले अब समाधानका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउँदै ११ बुँदे मागबारे हरेक बुँदामा तत्काल छलफल गरौं भन्ने प्रस्तावसमेत राख्नुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment