संयुक्त राष्ट्रसंघले नेपालको पछिल्लो अवस्थाका कारण ३० लाख भन्दा बढी शिशुहरु उच्च जोखिममा र्हेको चेतावनी दिएको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधी लगायतका बस्तुको अभाव र जाडोको मौसम सुरु भएसंगै शिशुहरुको मृत्यु दर बढ्ने र विरामी हुन सक्ने जोखिम उच्च रहेको युनिसेफले बताएको छ ।
देशको पछिल्लो राजनीतिक अस्थिरताका कारण दक्षिणी भेगको अवस्था अन्त्यन्त नाजुक रहेको पनि युनिसेफको भनाइ छ । युनिसेफले भ्याक्सिन र एण्टीबायोटिकको आपुर्तिमा कठिनाइ भइरहेको र यसले सबैभन्दा बढी बालबालिलाई असर पु¥याउने भन्दै चिन्ता ब्यक्त गरेको छ । अहिले बालबालिकालाई अनिवार्य गरिएका खोप र जीवन बचाउने अति आबश्यक औषधीको समेत चरम अभाव देखिएकाले बालबालिकाको स्वास्थ्य जोखिममा रहेको युनिसेफको भनाइ छ । बैशाख १२ गतेको महाबिनाशकारी भुकम्पबाट तंग्रिन नपाउदै अहिले देखिएको संकटले बालबालिकाहरु थप पीडामा परेको बताइएको छ । युनिसेफले एलपि ग्यासको अभावका कारण दाउराबाट खाना पकाउदा बालबालिकामा निमोनियाको जोखिम पनि बढेको जनाएको छ । गत बर्ष पांच बर्ष भन्दा मुनिका ८० हजार भन्दा बढी बालबालिका निमोनियको शिकार भएको र त्यसमा ५ हजारको मृत्यु भएको युनिसेफको तथ्याङमा उल्लेख छ । नेपालमा ६० प्रतिशत भन्दा बढी औषधी भारतबाट आयात हुदै आएको छ भने पेट्रोलियम पदार्थ र ग्यासमा पनि भारतसंग निर्भर रहदै आएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment