English Edition

एनआरएनए द्वारा तराईका तीन मूख्य अञ्चल अस्पतालहरुलाई औषधि हस्तान्तरण

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय परिषदले तराईका तिन मुख्य जिल्लामा अवस्थित अञ्चल अस्पतालहरुका लागि अत्यावश्यकीय औषधिहरु वितरण गरेको छ । एनआरएनए अध्यक्ष शेष घलेले मंगलवार सम्बन्धित जिल्लामा पुगेर ती औषधिहरु हस्तान्तरण गर्नुभएको हो । लामो समयदेखि जारी तराई मधेश बन्द र भारतले लगाएको नाकाबन्दीको कारण मुलुकभर औषधि अभाव भएपछि एनआरएनएले औषधि सहयोग उपलब्ध गराउँदै आएको छ । त्यसक्रममा एनआरएनएले मंगलवार लुम्बिनी अञ्चल अस्पताल बुटवल,नारायणी उप क्षेत्रिय अस्पताल बिरगञ्ज र जनकपुर अञ्चल अस्पतालका लागी अति आबश्यक औषधीहरु प्रदान गरेको हो । लुम्बिनी अञ्चल अस्पताल र नारायणी उप क्षेत्रीय अस्पतालका लागि १७ सय÷१७ सय किलो र जनकपुर अञ्चल अस्पतालका लागि १८ सय ५० किलो मानब जीवन बचाउन अति आबश्यक औषधिहरु सहयोग स्वरुप उपलब्ध गराइएको छ । सम्बन्धित अस्पतालका प्रतिनिधिहरुलाई एनआरएनका अध्यक्ष शेष घले,संरक्षक इन्द्रा बन र प्रबक्ता रञ्जु वाग्ले थापाको टोलीले मंगलबार ती औषधी हस्तान्तरण गरेका हुन् । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment