लैङ्गिक हिसां विरुद्ध १६ दिने अभियान चलिरहँदा बाँकेमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । लैङ्गिक हिसांमा पनि महिला माथि युगौं देखि भैरहेका हिसां न्यूनीकरण गर्नका लागि बाँकेमा विभिन्न औपचारिक कार्यक्रम भैरहँदा बाँकेको सदरमुकाम नेपालगन्जमै धम्बोजी १ का रामसागर काँदुले आफनी श्रीमती बदली काँदुको दाउरा प्रहार गरि हत्या गरेका हुन ।
मंगलबार अपरान्ह काँदुले आफ्नै श्रीमती बदलीलाई चिरपट दाउरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । श्रीमतीको हत्या पछि कादु फरार रहेका छन् । आफ्ना २ छोराहरु विद्यालय गएको अवस्थामा घरमा कोहि नभएको मौका छोपी काँदुले श्रीमतीको हत्या गरेको प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको चिर्पट दाउरा समेत बरामद गरेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment