English Edition

परनिर्भरताको हद् हटाउन अब देश भित्रैको सम्भाव्यताको खोजी जरुरी

परनिर्भरताको हद् । सियोदेखि हवाईजहाजसम्म विदेशबाट ल्याउनु पर्ने यो मुलुकमा जमिनमा गुड्नदेखि आकाशमा उड्नेसम्मका सहयोगी वस्तुहरु उतैबाट ल्याउनु पर्छ । जलश्रोतको धनी मुलुकमा नेपालमा विजुली समेत आयात गर्नु पर्ने अवस्था विद्यमान रहदा यसपटक भोग्नु परेको अकल्पनीय पीडाले अब त चेत खुल्ने हो की ? सबैथोक र सम्भावना यही रहदा रहदै पनि अरुको भरमा नै आश्रित रहनु पर्दा किन सम्भावनाको सम्भाव्यता अध्ययन नगर्ने यो प्रश्न पेचिलो बनेर उदाएको छ । 
नेपालमा चल्ने सवारीसाधन विशेषत भारतबाट आयात गर्ने गरिएता पनि अन्य तेस्रो मूलुकबाट पनि सवारीसाधन आयत गर्ने गरिएको छ । नेपालमा यस्ता सवारीसाधनको निमार्ण गर्ने व्यवसायिक कम्पनीहरु नभए पनि फाटफूट भारत तथा अन्य तेस्रो मूलुकबाट पाटपुर्जा आयात गरी यदाकदा सवारीसाधनको निमार्ण गरिन्छ । सवारीसाधनहरुलाई चाहिने इन्धन पनि भारतबाट नै ल्याइन्छ । नेपालमा पेट्रोलीयम पदार्थको सम्भावना हुँदाहुदै पनि पेट्रोलियम पदार्थको सही उत्खन्न हुन नसक्दा अन्य मूलुकहरुसँग भर पर्नु परेको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment