English Edition

जातीय संरक्षणका लागि वहुभाषिक विद्यालयहरु खुल्ने क्रम पूर्वमा तीब्र

पछिल्लो समयमा आफ्नो जातीय संरक्षणका लागि वहुभाषिक विद्यालयहरु खुल्ने क्रमले निरन्तता पाएको छ । धरानमा रहेको पिण्डेश्वर विद्यापिठमा तथा धरानको पब्लिक उच्चमाविमा लिम्बुभाषाको अध्ययन अध्यापन सगै पूर्वका विभिन्न जिल्लाहरुमा समेत बहुभाषिक विद्यालयहरु सञ्चालन हुने क्रम बढ्दै गएको छ ।
सुनसरीको धरान पछि इलाम जिल्लाको चुलाचुली गाविस वडा नं १ कमलमा समेत त्यहाँका अग्रज, शिक्षाप्रेमी तथा बुद्धिजीविहरुको प्रयासमा फाल्गुनन्द लाफायङ वहुभाषिक पाठशालाको सञ्चालनमा आएको छ । विद्यालयको उद्घाटन संविधानसभाका पूर्व सभाध्यक्ष सुभाष नेम्वाङले गर्नुभएको थियो । विश्व विद्यालयको अवधारणा बोकेर निर्माण भएको किरात लिपी पढाइ हुने यस विद्यालय निर्माणमा फाल्गुनन्द नोमाङमेना सेवा संघको सक्रियतामा त्यहाँ बुद्धिजीवि, समाजसेवी, शिक्षाप्रेमीले २५ लाख बराबरको ९ कट्ठा जग्गा दान गरेका थिए । युएन कलेज धरानका प्रिन्सिपल समेत रहनु भएका फाल्गुनन्द सेवा नोमाङमेना सेवा संघका अध्यक्ष डम्बरकुमार तुम्बाफोको सक्रियतामा यो विद्यालय निर्माण भएको हो । उहाँले ३ लाख बराबरको ११ धुर जग्गा दिएपछि नगद तथा जग्गादाताहरुको ओइरो लागेको हो । तुम्बाफोेले शुरुमा लिम्बु भाषाको लिपी पढाइ हुने यस विद्यालयमा विगतमा अन्य भाषालाई समेत विश्वविद्यालय समावेश गरिने बताउनुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment