नेपालका लागि फिनल्याण्डका राजदुत योर्मा सुवान्तोले दार्चुलाको छापरीमा निर्माण भएको ग्रेभिटी गुड्स रोपवेको उद्घघाटन गर्नु भएकोछ । रोपवेको उद्घाटन राजदुत सुवान्तो, डोरिडारका उपमहानिर्देशक राजा कर्माचार्य र कृषि विभागका उपमहानिर्देशक सूर्यप्रशाद पौडेलले संयुक्त रुपमा गर्नु भएको हो । रोपवे उद्घाटन गर्दै राजदुत सुवान्तोले आफ्नो सुदूरपश्चिम भ्रमण अत्यन्तै फलदायी भएको बताउँदै नेपाल सरकार र परियोजनाको संयुक्त प्रयासमा भैरहेको कामको सराहना गर्नु भयो ।
ग्राभिटी रोपवे नहुँदा थोरै तरकारी उत्पादन गर्ने गरेको र बजारसम्म पु¥याउन दिन भरि लाग्ने गरेको बताउँदै स्थानीय महिलाहरुले रोपवे संचालनमा आएपछि समयको बचत हुने गरेको स्मरण गर्दै एउटै सिजनमा तरकारीबाट १ लाख देखि २ लाख सम्म आर्जन गरेको बताए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment