भारतको नाकाबन्दीका कारण मुलुकभर ईन्धनको अभाव भैरहेको बेला नवलपरासीमा पेट्रोलियम पदार्थको कालोबजारी गर्नेहरुको संख्या बढेको छ । पेट्रोलियम पदार्थको कालोबजारीमा पेट्रोल पम्पहरुकै संलग्नता रहेको खुलेको छ । पम्प संचालकहरुले भारतीय बजारबाट अबैध रुपमा पेट्रोलियम पदार्थ झिकाएर पम्पबाटै चर्को मूल्यमा बिक्री बितरण गरी कालोबजारी गर्दै आएका हुन् । नवलपरासीको दक्षिणी क्षेत्रका अधिकाशं पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएको पीििडत उपभोक्ताहरुले बताए । पम्पबाट सोझै पेट्रोल वा डिजलको खुलेआम कालोबाजरी हुदा समेत प्रहरी प्रशासन भने मौन रहेको उनीहरुको गुनासो छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment