भारतले गरेको नाकाबन्दी र भारतीय एसएसवीको ज्यादतीका विरुद्धमा अहिले सर्वत्र विरोध सुरु भएको छ । भारतले गरेको हस्तक्षेपकारी नीतिका कारण युवा बर्गमा भारतबिरोधी छाप पनि नमेटिने गरि परेको छ ।
भारतीय नाकाबन्दी र ज्यादतीको विरुद्धमा नेकपा एमालेका एमाले निकटका युवाहरुले सोमबार धरानमा ¥याली सहित बिरोधसभा गरेको छ । धरान–४ स्थित पार्टी कार्यालयबाट शुरु भएको नाराजुलुससहितको ¥याली भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेकपा एमालेका युवा नेता फिरोज अलीले भारतले नेपाललाई गरेको हेपाहा प्रवृतिप्रति नेपालीले कडा प्रतिरोध गर्ने चेतावनी दिनुभयो । हामी हिमाल, पहाड, तराइबासी सबै नेपाली भएको भन्दै नेपालको आन्तरिक मामलामाथि विदेशी हस्तक्षेप नेपालीका लागि असैह्य हुने उहाँले बताउनुभयो ।
नेकपा एमालेको जनवर्गीय संगठनले निकालेको विरोध सभामा सर्वसाधारणलाई समेत स्वस्फूर्त रुपमा समर्थन जनाएका थिए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment