निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले विद्यार्थीहरु जारी भारतीय नाकाबन्दी र तराई केन्द्रित दलहरुको आन्दोलनको प्रत्यक्ष मारमा परेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । इनधन र अत्यावश्यकीय बस्तुहरुको अभावमा कक्षा सञ्चालन गर्न निकै कठिनाई भएको समेत उहाँले जानकारी दिनुभयो । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने विषय वेला–वेला उठ्ने गरे पनि राज्य यसमा गम्भीर नभएको आरोप लगाउनुभयो । एक अर्को प्रसङ्गमा उहाँले यस वर्षदेखि एस.एल.सी. परीक्षालाई ग्रेडिङ् प्रणालीमा लैजाने सरकारी योजनका विषयमा सरोकारवालाहरुसंग पर्याप्त छलफल नभएको भन्दै यसवाट भविष्यमा उत्पन्न हुन सक्ने सम्स्याप्रति सचेत रहन सरकारलाई आग्रह पनि गर्नुभयो ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment