English Edition

सिन्धुपाल्चोकका भूकम्प पीडितहरुको अवस्था दयनीय

बैशाख १२ को विनाशकारी भुकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा यतिबेला चिसोले पीडितहरु समस्यामा परेका छन् । भुकम्पपछि त्रिपाल मुनी बस्दै आएका पीडितहरु भुकम्प गएको आठ महिना बितीसक्दा पनि व्यवस्थीत बसोबास नहुदा पीडितहरु चिसोको समस्यामा परेका हुन् । 
उच्च हिमाली क्षेत्रमा रहेको सिन्धुपाल्चोकको अधिंकाश गाविसमा हिऊ र तुसारो पर्न सुरु भइसकेको छ । हिऊ र टुसारोलाई सरकारले दिएको पालले छेक्न नसकेको पीडितहरुको भनाइ छ । 
जिल्लाका अधिंकाश गाविसहरुमा यतिबेला भुकम्प पीडितहरु जस्ताको टहरोमा बसिरहेका छन् । गोल्चे,गुम्बा,पाङताङ लगायतका जिल्लाका विकट गाविसमा भने अहिले पनि पीडितहरु पालमुनी नै बसिरहेका छन् । भुकम्पमा दिएको पाल सबै पाप्रो उप्केर शित ओच्छ्यानमा नै पर्दा वृद्धा र केटाकेटीलाई झनै समस्या भएको पीडितहरुको भनाइ छ । पाङताङ गाविसको कात्तिके गोल्चे,गुम्बा र पाङताङ गाविसको केन्द्रभाग हो । यो बजारसम्म सडक पुगेको छ र यातयात पनि सञ्चालन हुन्छ । हुनत यो भन्दा माथीसम्म पनि सडक पुगेको छ तर बैशाखपछि त्यता सवारी साधन सञ्चालन हुन सकेको छैन । तीन गाविसको केन्द्रभाग भएपनि यो बजारमा भुकम्पपछि अहिलेसम्म भग्नावशेष सम्म पन्छाउन सकेको छैन । सडकको दायाँ बायाँको घर भत्केपछि सबै भग्नावशेषले सडक पुरीएको छ । भुकम्पपछि जिल्लामा थुपै संघ संस्था जिल्लामा आए तर त्यो सुगम स्थानमा मात्रै । यी तिन गाविसमा थोरै मात्र संघ संस्थाहरु आएर काम गरिरहेका छन् । गोल्चे र गुम्बाका कतिपए वडामा त अहिलेसम्म कार्यक्रम लिएर संघ संस्था जानै सकेको छैन । लुथरन वल्र्ड फेडरेशनको सहयोग र सिर्जनशिलको सहयोगमा पाङताङ गाविसमा भुकम्पपछिको जीविकोपार्जनका लागि आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment