रुपन्देहीका सरकारी स्वास्थय केन्द्र तथा प्राथमिक उपचार केन्द्रहरुमा सुत्केरी महिलाहरुको रक्तश्राब रोक्न अत्याबश्यक अक्सिटोसिन इन्जेक्शन अभाब हुन थाले पछि रुपन्देहीको एक गैरसरकारी सस्था नमुना एकीकृत बिकास परिषदले २ हजार भाईल ईन्जेक्शन जिल्ला जनस्वास्थय कार्यालयलाई प्रदान गर्ने भएको छ । शुक्रबार ५ सय थान उपलब्ध गराउदै बाँकी १५ सय थान इन्जेक्शन पनि यसै साता प्रदान गरिने नमुना एकीकृत बिकासले जनाएको छ । परिषदकी अध्यक्ष ज्ञानु पौडेलका अनुसार इन्जेक्सन नेपालमा नपाईने र भारतमा मात्र पाईने भएकाले बिभिन्न कानुनी प्रकृया पुरा गरी गोरखपुरबाट खरीद गरी ल्याएर प्रदान गरिएको हो । सुत्केरी महिलाको रक्तश्राब नरोकिएमा यो ईन्जेक्शन दिनु जरुरी छ । दिन नसकिएमा ज्यानै जान सक्ने अवस्था उत्पन्न हुन्छ । अक्सिटोसिन इन्जेक्शन अभाब सम्बन्धि समाचार न्यूज २४ ले गत साता प्रसारण गरेको थियो । भारतको अघोषित नाकाबन्दीका कारण औषधि आयात समेत प्रभाबित हुदा रुपन्देहीमा अन्य सामग्री सहीत औषधीको पनि चरम अभाब देखिएको छ । अभाबका बिचमा नमुना एकिकृतले औषधी प्रदान गरी सुत्केरी महिलाको जीबन बचाउन ठुलो मानबिय कार्य गरेको रुपन्देही जिल्ला जनश्वास्थय कार्यालयका प्रमुख ऋषी प्रसाद लामिछानेले बताए । अक्सिटोसिन इन्जेक्शन रुपन्देहीका १८ वटा सुरक्षित मातृत्व केन्द्रमा आबश्यकता अनुसार दिइने लामिछानेले बताए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment