अमेरिकी अर्थतन्त्रमा निरन्तर सुधार बढ्दै गएपछि पछिल्लो केही समय देखि अमेरिकी डलरको भाउँ बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले शनिबार अमेरिकी डलको मूल्य एकसय सात रुपैयाँ २३ पैसा निर्धारण गरेको छ । शुक्रबार एकसय ७ रुपैयाँको हारारहारीमा रहेको अमेरिकी डलर शनिबार पच्चीस पैसाले बढेर एकसय सात रुपैयाँ २३ पैसा तोकिएको हो । यस अर्थमा अमेरिकी डलर शुक्रबारको दाँजोमा शनिबार थप मजबुत बनेको छ । राष्ट्र बैंकले शनिबार डलरको विक्रीदर मूल्य एक सय ७ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ भने खरिददर मूल्य एकसय ६ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको मूल्य नेपाली बजारमा बृद्धि हुँदा यसले नेपाली अर्थतन्त्रदेखि लिएर सामान्य जनजीवनमा समेत ठूलो प्रभाव पार्ने गर्दछ । अमेरिकी डलरको भाउ बढ्दा नेपाली मुद«ाको अवस्था कमजोर समेत हुने गर्दछ । अमेरिकी डलरमा बढोत्तरी हुदाँ बाहिरबाट आयात हुने बस्तुको भाउ महँगिनु स्वभाविक देखिन्छ । यसबाट जारी राष्ट्रिय स्तरका परियोजनाहरुको लगानीमा समेत लगानी बढ्ने हुदाँ सम्झौता अनुरुप काम नहुने र ढिलाई हुने सम्भावना बढेर जान्छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment