नेपाल निर्माण सामाग्री ब्यापार संघले देशमा जारी बेथिति र भारतको नाकाबन्दीको दोहोरो मारका कारण आईपरेको समस्या सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । संघले शनिवार ज्ञापनपत्र बुझाउँदै चाँडोभन्दा चाँडो जारी संक्रमणको अवस्थालाई साम्य पारी व्यवसाय गर्ने वातावरण मिलाउन ज्ञापन पत्रमा आग्रह गरेको छ । नेपाल निर्माण सामाग्री ब्यापार संघका प्रतिनिधि मण्डलले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगी नाकाबन्दीको असरले ब्यापार ब्यवसाय गर्ने अधिकारमा हनन् भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन् । संघका प्रतिनिधिले जारी नाकाबन्दी र आन्दोलका कारण लामो समयदेखि ब्यवसाय ठप्प पारेर बस्नु परेको तर आफूहरुले लिएको बैंकको कर्जा भने दिन प्रतिदिन बढ्दै गएको गुनासो पोखेका थिए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment