जाडो महिनामा यसै पनि विजुलीको खपत अन्य महिनामा भन्दा बढी हुने गर्छ । किनकि जाडो महिनामा धेरैजसो विद्युतीय उपकरणहरु जस्तै हिटर,पानी तान्ने पम्प लगायतको बढी नै प्रयोग हुने गर्छ । यसले गर्दा अन्य महिना भन्दा जाडो महिनामा विजुलीको खपत पनि बढी हुन्छ । यसको विपरीत जाडो महिनामा विजुलीको उत्पादन भने कम हुने गर्छ । अहिले नाकाबन्दीका कारण खाना पकाउनका लागि समेत विद्युतीय उपकरण प्रयोग गर्ने उपभोक्ताको संख्यामा वृद्धि भए पछि नेपाल विद्युत प्रधिकरणलाई एकातिर विजुली आपूर्ति व्यवस्थापन गर्न हम्मे परेको छ भने अर्कोतर्फ ट्रान्सफर्मर पड्कने र तारहरु जल्ने घट्नामा पनि वृद्धि भएपछि थप टाउको दुखाइ बनेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment