काठमाण्डौको भृकुटीमण्डपमा मंसिर १८ गतेबाट संचालनमा आएको तेश्रो बम्पर जुत्ता चप्पल सेल मेला उत्साहजनक रुपमा संचालन भईरहेको छ । तेश्रो बम्पर जुत्ता चप्पल सेल मेलामा स्वदेशी जुत्ता उत्पादन कम्पनिहरुले आ आफ्नो ब्राण्डका उत्पादनहरु प्रदर्शनीमा राखेका छन् । भारतको नाकाबन्दीले स्वदेशी जुत्ता उत्पादन कम्पनीहरुलाईृ पनि असर पारिरहेको समयमा केही स्वदेशी कम्पनीहरु मिलि स्वदेशी उत्पादनहरुको प्रयोग बढाउन र प्रवद्र्धन गर्न तेश्रो बम्पर जुत्ता चप्पल सेल मेला प्रदर्शनीको आयोजना गरेको हो । मेलामा सहभागी रन सुजका संचालक रुद« न्यौपानेले स्वदेशी उत्पादनप्रति नेपाली उपभोक्ताहरुको मोह जगाउन मेलाको आयोजना गरिएको जानकारी गराउनुभयो । उहाँले नाकाबन्दीका कारण महँगी बढीरहेको अवस्थामा स्वदेशी उत्पादनप्रति उत्साह जगाउन र सस्तोमा अन्तराष्ट्रिस्तरको आभाष गराउनपनि अहिलेको मेलाले सहयोग गर्ने बताउनुभयो । मंसिर १८ गतेबाट संचालनमा आएको तेश्रो बम्पर जुत्ता चप्पल सेल मेलामा देशका अग्रणी स्वदेशी जुत्ता कम्पनीहरु रन सुज,पारागन कम्पनि सहितका कम्पनीहरुको सहभागिता रहेको छ । मेला पौष पाँच गतेसम्म संचालन हुनेछ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment