English Edition

नाका खोल्न पहल जारी : उपप्रधानमन्त्री रावल

चितवन / २८ मंसिर,

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले देशले अहिले भोगिरहेको समस्या समाधान गर्न सरकारले राजनीतिक र कूटनीतिक प्रयास जारी राखेको बताएका छन ।

व्यक्तिगत कामका सिलसिलामा चितवन आएका मन्त्री रावलले आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिपक्ष दलले प्राधिकरण विधेयक ल्याउन नदिने र मोर्चाले संविधान संशोधनको विधेयक ल्याउन नदिने कामले देशमा जटिलता थपिएको बताए ।

मधेसी मोर्चासँग नाकामा उत्पन्न समस्या समाधानका लागि पहल भइरहेको र भारतसँग पनि वार्ता चलिरहेको उनले जानकारी दिए । मोर्चाले आफ्ना मागहरु सम्बोधनका लागि प्याकेजमा सहमति खोजिरहेको उनको भनाइ थियो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment