English Edition

युनिसेफको सहयोगमा हनुमानढोका दरबारको पुनःनिर्माण सुरु

महाविनाशकारी भुकम्पको आठ महिना वितिसक्दा पनि व्यवस्थापिका संसदमा पुनःनिर्माण सम्वन्धी विधेयक राजनीतिक दलहरुको दाउपेचको शिकार बनिरहेको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पपछि काठमाडांैमा आयोजना गरेको दाता सम्मेलनमा विभिन्न देशहरु र दातृ निकायवाट चार खर्व चालीस अर्वको सहयोगको प्रतिवद्धता भएको थियो । पुनःनिर्माण प्राधिकरण विधेयक संसदमा अलमल परिरहदा संयुक्त राष्ट्रसंघ अन्र्तगतको निकाय युनिसेफको आर्थिक सहयोगमा हनुमानढोका दरवारको पुनःनिर्माणको काम सुरु भएको छ । मन्दिरै मन्दिरको शहरको रुपमा चिनिने काडमाण्डौका मन्दिरहरु पनि वैशाख ११ गतेको विनाशकारी भुकम्पले अछुतो रहेनन् । विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरवार क्षेत्रमा रहेका काष्ठमण्डप, नौतले दरवार, महादेव मन्दिर लगायत मन्दिरहरुमा भुकम्पले क्षति पु¥याएको थियो । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment