English Edition

सहयोगमा आएको औषधि वितरण गर्न पनि सरकारलाई महिना दिन लाग्यो

भारतीय नाकावन्दीले नेपालमा औषधिको चरम अभाव भएको विषय देशभरका अस्पताल र औषधि पसलमा मात्र सीमित रहेन यस्ले राष्ट्रसंघीय निकाय हुँदै स्वय भारतीय राज्य सभामा समेत स्थान पायो । औषधि जस्तो मानवीय रक्षा कवचको वस्तुमाथि भएको खेलवाडको शिकार धेरै नेपाली बने । 
यो विपत्तिमा धेरै राष्ट्र, संस्थाहरुले औषधि जुटाएर सहयोग त गरे तर त्यसरी जुटेको औषधि पनि सरकारलाई वितरण गर्न महिनौ दिन लागेको छ । भारतले लगाएको नाकाबन्दीका कारण अत्यावस्यक औषधिको चरम संकट उत्पन्न भएपछि एक महिनाभित्र ७० भन्दा बढि प्रकारका औषधि जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारलाई सहयोग आएको करिव चार करोड रुपैयाँ बराबरीको औषधि सरकारी अस्पताललाई वितरण गरिसकिएको र निःशुल्क सर्वसाधारणको पहुँचमा पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको नाकाबन्दीपछि जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा सरकारले निःशुल्क वितरण गर्ने औषधि समेत नपाएका नागरिकका लागि अव औषधि सर्वसुलभ हुने स्वास्थ्यमन्त्री रामजनम चौधरीले जानकारी दिनुभयो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment