नेपालमा स्रोत साधन भएर पनि परनिर्भरता हरेक बस्तुमा रहेको छ । परनिरर्भता कै कारण पछिल्लो समयमा भारतको नाकाबन्दीको कारण देशमा खाना पकाउने एली ग्यास र इन्धनको चरम अभाव भएको छ । तर नेपालमै वायो ग्यास निकाल्न सक्ने प्रसस्तै संभावना हँुदा हुँदै पनि राज्यको यस तर्फ ध्यान भने जान सकेको छैन । साविकको विष्णुपादुका गाविस र हालको धरान उपमहानगरपालिका वडा नं. २६ मा लामो समयदेखि भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाले गरेको आन्दोलनका परनिर्भरताका कारण परेको समस्यालाई मध्यनजर गर्दै धरानका दूई युवाहरुले आफ्नै लगानीमा वायो ग्यास उत्पादन सुरु गरेका छन् । चाडै सिलिण्डरमार्फत विक्री वितरण गर्ने तयारीमा रहेका उनिहरुले सुरुवातमा जेनेटर चलाएर आफ्नो उद्योग समेत सञ्चालन गर्दै आएका छन् । केही दिनमै प्रधानमन्त्री, राष्ट्रपति तथा उर्जामन्त्रीलाई ग्यासको सिलिण्डर दिएर बजारमा समेत लाने तयारीमा छन् उनिहरु । धरान १५ लोक खापुङ र धरान १६ घर्नेन्द्र कार्कीको ५० लाखको संयुक्त लगानीमा के.के. लाइफ स्टक एण्ड एग्रिकल्चर रिजर्च सेन्टर प्रा.लि.को नाममा बायो ग्यास बनाउने उपकरण, त्यसलाई चाहिने आर्गनिक मलको व्यवस्थापन गर्दै वायो ग्यासको उत्पादनसंगै आर्गनिक खेतितर्फ समेत सुरु गरेका हुन् । नेपालको ऊर्जा संकटलाई ध्यानमा राखेर भविष्यमा नेपालमा उपयोग गर्ने ऊर्जामध्ये ६० प्रतिशत यसमार्फत पूरा गर्ने उद्देश्यका साथ आफूहरुले बायो ग्याँसको उत्पादन शुरु गरिएको सञ्चालक लोक खापुङ्गले जानकारी दिनुभयो ।
.
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment