रुपन्देहीमा रहेका आधा दर्जन औषधि उद्योगहरु कच्चा पदार्थ अभाव भए पछि पूर्णरुपमा औषधि उत्पादन गर्न सकेका छैनन् । अन्य नाका भन्दा सहज भनिएको भैरहवाको बेलहिया नाका हुदै आउनु पर्ने औषधिको कच्चा पदार्थ सिमानाका मै रोकिदा अहिले औषधि उत्पादनमा चरम समस्या पैदा भएको छ । रुपन्देहीमा रहेका आधा दर्जन औषधि उद्योगहरुको कच्चा पदार्थ लामो समय देखि भारतीय सीमा क्षेत्रमै रोकिएका छन् । नेपाल अन्य नाकाहरु भन्दा भैरहवाको बेलहिया नाकाबाट आयात गर्न निकै सहज भनिए पनि आयातमा भारतीय पक्षको असहजताको कारणले गर्दा औषधि जस्तो अति महत्वपूर्ण बस्तुको कच्चा पदार्थ करीब तीन महिना देखि सुनौली क्षेत्रमा रोकिएको छ । सिमाक्षेत्रमा बिनाकारण औषधि बनाउने कच्चा पदार्थ रोकिदा यँहा औषधि उद्योगहरु बन्द हुने अबस्थामा पुगिसकेका छन् । रुपन्देहीमा सिद्धार्थ फर्मास्युटिकल्स प्रालि.,एशियन फर्मास्युटिकल्स प्रालि.,एल्डर फर्मा स्युटिकल्स प्रालि,एप्पल फर्मा स्युटिकल्स, युनिभर्शल, ग्रेस लगायतका औषधि उद्योगहरु सञ्चालनमा रहेका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment