सबै कम्युनिष्ट पार्टी एक भए बलियो शक्ति निर्माण : प्रधानमन्त्री ओली
प्रधानमन्त्री के पी शर्मा ओलीले सबै कम्युनिष्टहरु एक भए बलियो शतिm निर्माण हुने बताउनुभएको छ । उँहाले टुक्रिएर रहेका कम्युनिष्टहरुलाई एकतामा बाँध्ने र राष्ट्र निर्माणमा लैजाने दृढता पनि व्यक्त गर्नुभएको छ । कम्युनिष्ट राजनीतिमा आफनो ६५ बर्ष जीवन देश, जनता, एवं पार्टी र क्रान्तिका लागि समर्पित गरेका अग्रज खगुलाल गुरुङको अभिनन्दन गर्दै प्रधानमन्त्री ओलीले सबै कम्युनिष्टहरुलाई मिलाएर राष्ट्रनिर्माणको अभियानमा लैजाने बताउनुभएको हो । उँहाले जान्ने मान्ने र सफा मन भएका मानिसहरु मात्र कम्युनिष्ट हुने जिकिर समेत गर्नुभयो ।

0 comments :
Post a Comment