अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष १ गतेदेखि एक महिनासम्म नियमित अनुगमन तथा छानविन गर्ने जनाएको छ । अख्तियारले विमानस्थल भित्र रहेका निकायहरुबाट सेवाग्राही यात्रुहरुलाई प्रदान गरिने सेवा,सुविधा तथा भौतिक संरचनाहरुको उचित प्रवन्ध नभएको सम्वन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । आयोगले सोमवार विज्ञप्ती जारी गरी त्रिभुवन विमानस्थलको वेथिती अन्त्य हुन नसक्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ । विमानस्थलमा कर्मचारीहरुको आचरण तथा व्यवहार सम्बन्धी समस्या, सुरक्षामा लापरवाही, विमानस्थलबाट हुन सक्ने तस्करी, शौचालय सहित सरसफाईमा भइरहेको हेलचेक्राई,ढिलासुस्ती र अनियमितता जस्ता विषयमा धेरै जनगुनासो आइरहेको आयोगले उल्लेख गरेको छ । आयोगमा परेका उजुरीहरुलाई मध्यनजर गर्दै समस्या निवारण एवं सुधार गर्ने उद्देश्यले पौष १ गते बुधबारदेखि निरन्तर १ महिनासम्म आयोगले जिम्मेवार अधिकारीको नेतृत्वमा विमानस्थल परिसरमा अनुगमन तथा छानविन टोली खटाउने जनाएको छ । प्रतिदिन २ सिफ्टमा रहने आयोग टोलीलाई आफुले अनुभुत गरेका, देखेका र जानकारीमा आएका समस्यावारे सूचित गरिदिन पनि सर्वसाधारणहरुसँग आयोगले अनुरोध गरेको छ ।
Home
/
Nepal khabar
/
अख्तियारले पूष १ देखि एक महिनासम्म त्रिभुवन विमानस्थलको नियमित अनुगमन तथा छानविन गर्ने
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment