चालू आर्थिक बर्षको पहिलो ४ महिनाको अवधिमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य १० दशमलव ४ प्रतिशतले बढेको बिषय प्रति बैकर्स तथा अर्थबिदहरुले चिन्ता ब्यक्त गरेको छन । उनीहरुले भारतले गरेको नाकाबन्दी र मधेश आन्दोलनको कारण दैनिक उपभोग्य बस्तुहरुको मूल्य बृद्धि हुदाँ पनि सरकारले उपभोग्य मूल्य सुचकांकलाई नियन्त्रणमा राख्न नसकेको भन्दै आलोचना समेत गरेका छन् ।
बिहीवार नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षको मौद्धिक नीतिको समीक्षा गर्न आयोजना गरेको छलफलमा नेपाल राष्ट्र बैकका गर्भनर डा चिरन्जीवी नेपालले बजारमा पैसा भएर पनि लगानी गर्ने ठाउँ नभएको बताउनु भयो । उहाँले अर्थतन्त्र अस्थिर रहेको अवस्थामा मौद्धिक नीतिहरुमा तत्काल परिवर्तन गर्न नसकिने प्रष्ट पार्नुभयो । छलफलमा अर्थबिद प्राध्यापक बिश्वम्भर प्याकुरेल अहिलेको अवस्थामा मुल्य बृद्धि चुनौतीपूर्ण रहेको बताउनु भयो ।अर्थबिद तथा बैकर्स सघका प्रतिनिधिहरुले सरकारले मौद्धिक नीतिले अहिले बढेको कालोबजारी र अनौपचारिक अर्थतन्त्र प्रति गम्भीर ध्यान दिनु पर्नेमा जोड दिएका छन । बैकर्स सघका अनिल शाह र रत्नराज बज्राचार्यले राष्ट्र बैकले मौद्धिक नीतिलाई समय सापेक्ष रुपमा परिमार्जन गर्न जोड दिएका छन । राष्ट्र बैकका डेपुटी गर्भनर गोपाल प्रसाद काफले र महाप्रसाद अधिकारीले राष्ट्र बैकले मौद्धिक नीतिलाई ब्यवहारिक बनाएको बताउनु भयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment