राजनीतिक समिति मार्फत तीन महिनाभित्र प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव अस्वीकार गरेर दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु आज पनि राजनीतिक भेटवार्तामा ब्यस्त छन् । हिजो भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेर रात्रिभोजमा समेत सहभागी भएका नेताहरु आज पनि उच्च राजनीतिक भेटवार्तामा सक्रिय रहनेछन् । मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुले हिजो दिल्लीमा विभिन्न दलका नेताहरुलाई भेटेका हुन् । मधेसी मोर्चाका नेताहरुले हिजो साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका हुन् । मधेसी मोर्चाका नेताहरुका लागि रात्रिभोजको समेत आयोजना गरिएको थियो । भेटमा मधेसी मोर्चाका नेताहरुले भारतले नेपालमाथि नाकाबन्दी नगरेको दाबी गरेका छन् । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राज्यले रंग र भाषाका आधारमा विभेद गरेको र संविधानले पनि विभेद गरेकाले अधिकार प्राप्तिका लागि आन्दोलन सुरु गरेको विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment