English Edition

काठमाण्डौं उपत्यकासहित मुलुकभरको तापक्रम घट्यो

उपत्यकासहित देशभरको तापक्रम आज घटेको छ । गएको वर्षको तुलनामा आज यस वर्षकै कम तापक्रम मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । 
जुम्लाको तापक्रम बिहीबार बिहान यो वर्षकै कम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ । गएको वर्ष डिसेम्बर २७ र २८ तारिखमा जुम्लाको तापक्रम त्यो वर्षकै सबैभन्दा कम माइनस ७ डिग्री मापन गरिएको थियो । यस वर्ष पोहोर भन्दा १० दिन अघि नै जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ । यस्तै, गएको वर्ष आजकै दिन काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । गएको वर्ष जनवरी ३१ तारिखमा काठमाडौंमा सबैभन्दा कम १ दशमलव ४ डिग्री सेल्सियस थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराइमा अहिले पनि हुस्सु लागेको छ । तत्काल पानी नपरे चिसो अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । वायु प्रदुषणका कारण पानी पर्ने संभावना निकै कम रहेको छ । पानी परे एक दुइ दिन चिसो बढेपनि तापक्रम बढ्दै जान्छ । पानी नपरे चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । 
यस्तै, हिमाली क्षेत्रबाट हावा चल्न थालेकाले चिसो अझै बढ्ने महाशाखाले अनुमान गरेको छ । काठमाडौं उपत्यकासहित अरु शहरी क्षेत्रमा देखिएको वायू प्रदुषणका कारण लागेको तुवाँलो र हिमाली क्षेत्रबाट चलेको हावाका कारण चिसो अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment