English Edition

टेक्ससको ड्यालस र वरपर आंधीवेरीवाट ११ जनाको मृत्य र सयौं घरवार विहिन (फोटो फिचर)


विकासराज न्यौपाने



ड्यालस, टेक्सास, २७ डिसेम्बर /


ड्यालस उत्तरी टेक्सासमा आएको आंधीवेरीवाट ११ जनाको मृत्य र सयौं घरवार विहिन भएका छन् । 



कयौं चर्च र स्कुलमा क्षती पुगेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । कुनै पनि नेपाली यसवाट समस्यामा परेको जानकारी भने आएको छैन । ड्यालस  र कोलिन काउण्टीमा नावालक सहित ११ जनाको मृत्य भएको छ । 
झण्डै १ दर्जन पटक आंधीबेरी आएको थियो । मृत्यु पुष्टि भएका ११ मध्ये गारल्याण्डका ८ जना छन् । यहां ईएफ४ नापन गरिएको प्रति धण्टा २ सय माइलको गतिमा हावाहुरी आएको मौसम विभागले जनाएको छ । 



मृत्यु हुनेमा दुई जना कोपभिलका छन् । आंधीवेरी सुदुर दक्षिणी क्षेत्र हिल्स्व्रेवाट विस्तारै उत्तर दक्षिण बुल्उतिर सरेको थियो । 
आपतकालिन उद्धारकर्ताहरुले आइतवार विहानसम्म सकृय थिए । भारी बर्षा र हावाहुरीले आइतवार दिउसो उद्धार कठिन भएको थियो । आइतवार थप वर्षा र केही स्थानमा हिमपात हुने अनुमान मौसम विभागको छ । हावाहुरीले झण्डै ५० हजार भन्दा वढी जनसंख्या विद्युत विहिन भएको छ । यो आंधीवेरीवाट एक हजार र भवनहरुमा क्षति पुगेको अनुमान गरिएको छ ।
आइवतार टेक्सस गभर्नर ग्रेग अवाटले सडकमा ननिस्कन आग्रह गरेका छन् । उद्धारकर्ताहरुले यो प्रकृत्तिक प्रकोपवाट प्रभावितलाई आवश्यक समाग्री वितरण गरिरहेका छन् । (फोटो साभार: स्थानिय संचारमाध्यमहरु)
         - See more at: http://www.himalayakhabar.com/detail/60205.html#sthash.QNFfmBqs.dpuf
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment