स्पेनको बार्सिलोनाबाट १४२ जना यात्रु बोकेर जर्मनको डसेलडोर्सका लागि उडेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। विमानमा चालकदलका ६ सदस्य थिए। एपीले जनाए अनुसार विमान दक्षिणी फ्रान्सको जिन्योमा दुर्घटनामा परेको हो। विमान डसेलडोर्फबाट उडेको थियो।
फ्रान्सका आन्तरिक मामिला सम्बन्धी मन्त्री बर्नाड ग्याज्नोभले सो दुर्घटनाको पुष्टि गरेका छन्। एक स्थानीय टिभीले जनाएअनुसार उनी दुर्घटनास्थलतर्फ जाँदै छन्।
ग्याज्नोभले जनाए अनुसार दुर्घटनाग्रस्त विमानको अवशेष दक्षिणी फ्रान्सको बार्सिलोनेट नामको सानो सहर नजिकै भेटिएको छ। विमान स्थानीय समय अनुसार ९:३९ बजे रडारसँग सम्पर्क टुटेको थियो।
त्यसैगरी विमान दुर्घटनामा परेको कम्पनीले आधिकारिक विवरण प्राप्त हुनेबित्तिकै संचारमाध्यमलाई जानकारी दिने ट्वीट गरेको छ।
0 comments :
Post a Comment