English Edition

मधेस आन्दोलनका नाममा पैसा उठाउने पक्राउ

वीरगञ्ज : जारी मधेस आन्दोलनका नाममा बजारमा रकम उठाउँदै हिँड्ने दुई जनालाई संघीय समावेशी मधेसी मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन्।

वीरगञ्ज आदर्शनगरमा रहेको सुवास क्यारियरमा मोर्चाको नामले रकम उठाइरहेको खबर पाएपछि मोर्चाका कार्यकर्ताहरुले छपकैया ३ वीरगञ्ज निवासी मुन्ना भनिने समीर अन्सारी समेत अर्को एकजनालाई प्रहरीको जिम्मा लगाएका हुन्। मधेस आन्दोलनलाई बद्नाम गर्ने गरी बजारमा रकम उठाउँदै हिँडेकाले उनीहरुलाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको मोर्चाले जनाएको छ। यसैबीच संघीय समावेशी मधेसी मोर्चाको पर्सा संयोजक सरिफ अहमदले आन्दोलनका नाममा कोही रकम माग्न आए नदिन र मोर्चालाई खबर गर्न भनेका छन्।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment