काठमाडौं-प्रधानमन्त्री केपी शर्मा अोली मञ्चमा पुग्दा दर्शक गलल्ल हाँसे। सुरूमै प्रस्तोताले प्रधानमन्त्रीलाई हास्य व्यंग्यमा दख्खल राख्ने भन्दै रोचक, घोचक र ठट्याैली भाषण गर्ने कलाकारिताका धनी प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए। नभन्दै प्रधानमन्त्री अोली अाफ्नो सदावहार अन्दाजमा प्रस्तुत भए। उनले सबैलाई सम्बोधन गर्दै धुर्मुसलाई खास सम्बोधन गरे–मेरो हुर्मत लिने धुर्मुस कता छन्? हाँसो झनै चर्कियो।
नजिकै कलाकारको पंक्तिमा ठ्याक्कै प्रधानमन्त्रीको भेषमा थिए हास्य कलाकार धुर्मुस। भर्खरै मञ्चमा उनै धुर्मुसले प्रधानमन्त्रीको नक्कल गर्दै उनैलाई व्यंग्य कस्दै देउसी गाएका थिए। दर्शक दिर्घामा प्रधानमन्त्री अोलीलाई धुर्मुसको सिस्नोपानीले मनमनै पोलेको थियो। त्यसैले त अोलीले सुरूमै ‘मेरो हुर्मत लिने धुर्मुस’ भन्दै सम्बोधन गरे। धुर्मुस पनि के कम, उनले हात उठाएर अोली अन्दाजमा दर्शकलाई अभिवादन चढाए। मञ्चमा सक्कली र नक्कली अोली देखेर दर्शक दंग थिए

‘सिस्नु पानीले देउसी खेल्दा कस्तो हुन्छ?’ प्रधानमन्त्रीले मुस्काउँदै भने ‘तरसिस्नोले पोल्यो मनमनै।’ उनले थपे 'मेरो हुर्मत लिएपनि म कलाकारिताको सम्मान गर्न चाहन्छु यो रचनात्मक छ।'
एकाएक गम्भीर
सुरूमा हास्य शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री अोलीले जव देशको अवस्थाबारे चर्चा गर्न सुरू गरे एकाएक गम्भीर बने। उनलाई गम्भीर बनाउने बिषयवस्तु उही थियो–मधेस अान्दोलन, नाकाबन्दी, अभाव र जनताको दुःख। उनले नाकाबन्दीलाई संकेत गर्दै भने 'यसपल्ट हामीलाई मस्तिस्क नै झ्याम्म हुनेगरी सिस्नुपानी लागेको छ।' जीवन अप्ठाराहरुसँगै जीउनु पर्ने बताउँदै ओलीले देशमा परेको दुःख सामना गर्न तयार रहेको बताए।छिमेकका ठूलाठूला देश उपनिवेश हुँदा पनि नेपाल उपनिवेश नभएको भन्दै ओलीले गर्व व्यक्त गरे। उनले भने 'यहाँ हरेक नेपाली स्वाभिमानका लागि जन्मेका छन् र स्वाभिमानका लागि बाँच्छन्।' अघि हासेका दर्शकबाट तालीको बर्षा भयो। अोली केहीबेर रोकिए।कसैको नबिगार्दा, नविराउँदा पनि नेपाली जनताले भारततर्फबाट अकारण दुःख पाएको प्रधानमन्त्रीले बताए। कुनै गल्ती नगरी अत्यन्तै कष्टकर अवस्थाको सामाना गर्नु परेको उनको भनाई थियो। तर उनले अास्वस्त पारे– ‘यो अवस्था समाधान हुन्छ, यस्तो परिस्थिति नेपाली जनताले धेरै समय भोग्न पर्नेछैन, समाधानको लागि म अत्यन्तै प्रयासरत छु, सरकारले यो समस्या धेरै समय रहन दिनेछैन।’ ओलीले भने 'कठिन अवस्था अन्तयगरि सामान्य जनजीवनमा फर्काइने छ। केही दिन भित्र हामीले यसलाई सामान्य अवस्थामा फर्काउने छौ।' उनले नेपाल खुट्टा नकमाउने र शिर नझुकाउने सगरमाथाको देश भएको भन्दै अप्ठ्यारा परिस्थितिको सामना गर्ने बताए।
प्रज्ञा प्रतिष्ठान र सिस्नोपानी नेपालले राजधानीको प्रज्ञा भवनमा मंगलबार अायोजना गरेको सिस्नोपानी-देउसी कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि थिए।
0 comments :
Post a Comment