English Edition

गाउँगाउँ पुगेका डाक्टरको अनुभव : पीडितहरु मगन्ते, आसे, परनिर्भर बन्दैछन्

डा . रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ
सबैभन्दा जटिल समस्या :
४५ वटा शिविरमा गाउँगाउँ पुग्दा सिक्काको एउटा पाटो साह्रै नमिठो प्राप्त गरें ! यहाँहरुलाई नभने कसलाई भन्ने ?
१. ठाउँ भन्दिन - अधिकांश गाउँहरुमा चाउचाउ, बिस्कुट, त्रिपाल बाँड्ने र " राहत " दिएको प्रतिष्पर्धा गर्ने भिडको कारण सक्कली तथा नक्कली पिडितहरुको मानसिकता " मगन्ते " ," आसे " तथा " परालम्बी " भएको छ ! गाउँमा गहुँ पाकेको छ, तरकारी छ, बाँस र काठ छन्, गाईभैंसी, कुखुरा छन् तर अपिडित र पिडितहरु त्यो स्याहार्न छोडेर बाटोमा, बजारमा बसेर बिस्कुट, चाउचाउ र त्रिपाल कुरिरहेका छन् ! नयाँ गाडी वा मान्छे देख्नासाथ् के ल्याउनुभएको छ ? जे ल्याएको भएपनि दिनुस न, म सबैभन्दा पिडित हो आदि भन्दै आफ्नो स्वाभिमानलाई चाउचाउ र त्रिपालमा बेचिरहेका छन् !
त्यो मात्र हो र ? " काठमाडौँ गयो भने सरकारले फ्री मा जग्गा दिन्छ, घर बनाइदिन्छ .." भन्दै कुखुरा, बोका, भाडा, बिस्तारा बोकेर काठमाण्डौ आइरहेका छन् ! 
अब चाउचाउ, बिस्कुट, पाल बाँडेर हैन उनीहरुलाई पहिले जस्तै स्वाबलम्बी र स्वाभिमानी बनाउने मानसिक राहत वितरण गरौँ !
२. सहयोग गर्न जानेहरुले टहरा बनाइरहेका छन्, घर भत्केकाहरु तास खेल्दै बसेका छन् ! बाटोमा २-४ किलो राहतको लागि दिन ढालिरहेका छन् ! तसर्थ सामग्री र प्रबिधि हाम्रो, श्रम उनीहरु र हाम्रो गर्ने अभियान चलाऔं !
३. यस्तो प्रचण्ड गर्मि छ ! अधिकांश पिडितहरु बिहानैदेखि ठर्राले फिटान भएर कलेजो, किड्नी र आन्द्रा मात्र हैन भूकम्पले बरदान दिएको जीवनलाई रक्सीबाट १० रेक्टरको भूइंचालोको प्रतीक्षा गरिरहेका छन् !  
हाम्रा युवाहरु अब गाउँगाउँ गएर रक्सी बिरुद्ध अभियान चलाउनु पर्यो ! यो भन्दा ठूलो राहत चाउचाउ र बिस्कुट हुन सक्दैन !
( किन ढाँटनु - मालिस गर्न दिएको मल्हम समेत १ गिलास ठर्रामा साटेको थाहा पाइयो ) !
४. अब सरकारी संयत्रमार्फत राहत वितरण गरौँ ! आफुखुसि राहतको नाममा परालम्बन वितरण नगरौं ! मगन्ते र आशे मानसिकता भयो भने... ..हाइटीमा विदेशीले बनाइदिएका घर भाडामा लगाएर आफु पालमुनि माग्दै बस्ने परम्परा यहाँ पनि बस्न सक्छ ! तसर्थ कोहि पनि झिना मसिना चिज बाँडेर दानबिर भएको भ्रम नपालौं ! सहयोग गर्ने मन भए प्रधानमन्त्री राहत कोषमा सहयोग गरेर देशलाई बलियो बनाऔं !
५. दरिद्र मानसिकता कतिसम्म देखियो भने - १५/ २० बर्षदेखि गाउँ छोडेर शहरमा स्थापित भएकाहरु पनि आफ्नो भत्केको गाउँको घरको फोटो झिकाएर, कागज पत्र मिलाएर .. राहतको लाइनमा लाग्दैछन ! त्यस्तालाई ठाउँको ठाउँमै ' उ ' गरौँ !
६. पाल पिउने, जस्तापाता चपाउने, राहत सामग्रीको डिनर गर्नेहरुलाई सामाजिक बहिष्कार गरौँ चाहे त्यो मन्त्री होस् कि आफ्नै मान्छे !
७. स्कुलमा बिद्यार्थीहरुलाई " आशे " बनाउने काम छिर्न नदिऔं ! बच्चालाई जे सहयोग गर्ने हो स्कुल प्रशासन मार्फत गरौँ ! परामर्शको नाममा उक्त व्यक्तिको योग्यता र क्षमता नहेरी " भयङ्कर परामर्श " दिने काम नगरौं ! नजान्नेले जान्नेलाई पठाऔं, जान्ने चुप लागेर नबसौं !
८. पिडित वा अपिडित सबैको जीवन रक्षा हाम्रो प्राथमिकता हो ! हामी निरन्तर निशुल्क स्वास्थ्य शिबिर र परामर्शमा लागिरहन्छौं ! तपाईंहरु " मगन्ते ", " आशे " र " रक्से " को बिरुद्ध सकारात्मक कदम चालौं ! हाम्रो समाज ढाड भाँचिने गरि ननुगोस, हाम्रो स्वाभिमान बिस्कुट र पालमा नसाटियोस !
Rabindra Sameer's photo.
Rabindra Sameer's photo.
Rabindra Sameer's photo.

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment