English Edition

बोस्टनमा सहयोग रकम हन्तान्तरण गरियो -मिलन गुरुङ

आदरणीय बोस्टन बासि दाजु भाई तथा दिदि बहिनीहरु, तपाइहरुले GREATER BOSTON NEPAL EARTHQUAKE RELIEF FUND, (Crowdrise) GBNC,Himalayan Lions Club र Cape Cod Nepali Community मार्फत दिनु भएको आर्थिक सहयोग $५४,९४२.६४ प्रधानमन्त्रि राहत कोषको लागि अमेरिकाका लागि नवनियुक्त राजदुत महामहिम डा अर्जुन कुमार कार्की ज्युलाई हिजोको कार्यक्रममा हन्तान्तरण गरियो । यहाँहरुको सहयोगको लागि हार्दिक धन्यबाद । यो रकम संकलन कार्यमा जुझारु भूमिका निर्वाह गर्नुहुने बिद्यार्थी भाई बहिनीहरु, आफ्नो बिध्यालय या अफिस/काम गर्ने ठाउबाट एक मुस्ट रकम दिनुहुने महानुभाबहरु, हिमालयन बिस्ट्रो परिवार,सहयोगी हातहरु अमित दिक्षित, प्रल्हाद के.सि, पंकज खड्का साथै ग्रेटर बोस्टन नेपाली कम्युनिटी, हिमालयन लायन्स क्लब,केप कड नेपाली कम्युनिटी, बोस्टन लोक सुसेली समूह र पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इंग्ल्यान्डका सम्पूर्ण पदाधिकारीहरु साथै सम्पूर्ण संघ संस्था संग आबद्द सहयोगी व्यक्तित्वहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ । 

फोटो सौजन्य साझा डटकम


Milan Gurung's photo.

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment