English Edition

दुबईको एक बहुतले होटलमा आगलागी

दुबईको एक बहुतले होटलमा आगलागी भएको छ।


संसारकै सबैभन्दा अग्लो भवन, बुर्ज खलिफा, नजीकै रहेको ३०० मिटर अग्लो सो होटलको २० औं तलाबाट आगो शुरु भएको जनाइएको छ।
हताहतिको विवरणहरु प्राप्त भैसकेको छैन।

घटनास्थलमा पुगेका थुप्रै दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन्
'दि एड्रेस' नामक ६० तले उक्त भवनमा विलासी पाँच तारे होटल तथा आवासीय परिसर पनि रहेका छन्।
आतसवाजी
बुर्ज खलिफामा नयाँ वर्ष २०१६ को पूर्व सन्ध्यामा गरिने आतसवाजी हेर्न मानिसहरु भेला भैरहेका बेला उक्त आगलागी भएको थियो।
आगोको लिप्का टाढा टाढाबाट देख्‍न सकिन्थ्यो।
आगलागीको कारण थाहा हुनसकेको छैन।


घटनास्थलमा पुगेका थुप्रै दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन्।

श्रोत बि बि सी नेपाली 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment