बर्दिया-नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएकी छन् ।
काँग्रेस र नेपाल प्रेस युनियन बर्दियाले बिहीबार अायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रृ कोइरालाले भनिन्–“पार्टीभित्र रहेको भागबन्डालाई समाप्त पारी युवा लक्षित कार्यक्रम मार्फत मधेस–तराई लगायत समग्र मुलुकको विकासका लागि मै सभापतिमा उम्मेदवारी दिने तयारीमा लागिपरेको छु । ”
उनले आफू सभापति भएमा मुलुकको आर्थिक समृद्धिका लागि वैदशिक लगानी पर्याप्त मात्रामा भित्र्याउने जानकारी दिइन । कोइरालाले संविधान संशोधन प्रस्तावले मधेसको सम्पूर्ण समस्या हल गर्ने भएकाले नाकाबन्दी तत्काल खोल्न मधेसकेन्द्रित दललाई आग्रह पनि गरिन्।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment